सिँगटीमा जीप दुर्घटना हुँदा ४ को मृत्यु, १७ घाइते

राम्रो अनलाइन     ३१ चैत २०७७, मङ्गलबार

काठमाडौँ । दोलखाको बिगु गाउँपालिका–४, सिँगटीमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् ।  सोमबार राति ११ बजे जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

तातोपानी कुण्डबाट नुहाएर फर्किन लागेको बागमती प्रदेश ०१ ०२३ च ७५८० नम्बरको यात्रुवाहक जीप अनियन्त्रित भएर सडकबाट झण्डै डेढ सय मीटर तल खसेको प्रहरीले बताएको छ । मृतयु ुहेनमा  बिगु ३ सिंगटीका ४५ वर्षीया अजिता खत्री, ३५ वर्षीय विनोद केसी, ५२ वर्षीया राधा खड्का र २४ वर्षीया चन्दिका थापा रहेको प्रहरी निरीक्षक रञ्जन कोइरालाले जानकारी दिए ।

कोइरालाका अनुसार बिगु गाउँपालिकाकी २७ वर्षीय सविना श्रेष्ठ, तीर्थकुमारी खड्का, कान्छीमाया श्रेष्ठ, तुलाकुमारी श्रेष्ठ, शेरबहादुर श्रेष्ठ, चेतविक्रम खड्का, चन्द्रकुमारी खड्का, श्रीराम खड्का, कविता खड्का, सुस्मिता श्रेष्ठ, तुलकुमारी श्रेष्ठ, कीर्तनदेवी कार्की, लक्ष्मी बुढाथोकी, उर्मिला खड्का, सलोम खड्का र चालक किशोर खड्का घाइते भएका छन् । 

उनीहरूको चरिकोट र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । दुर्घटनामा परेका १० महिने शिशु भने सकुशल रहेको कोइरालाले बताए । 

विगु २, तातोपानी कुण्डमा नुहाएर घर फर्कंदै गर्दा उनीहरु चढेको जीप दुर्घटनामा परेको हो । 

प्रतिक्रिया