आज कतिमा हुँदैछ विदेशी मुद्रा खरिद बिक्री ?

राम्रो अनलाइन     २५ साउन २०८१, शुक्रबार
आज कतिमा हुँदैछ विदेशी मुद्रा खरिद बिक्री ?

 

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ ।  जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०।१५ पैसा कायम गरिएको छ ।

अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६५ पैसा रहेको छ । त्यस्तै युरो एकको खरिददर १४६ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४७ रुपैयाँ १४ पैसा रहेको छ । 

पाउण्ड स्टर्लिङ एकको खरिददर १७० रुपैयाँ १७ पैसा र बिक्रीदर १७० रुपैयाँ ९३ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ८५ पैसा रहेको छ भने बिक्रीदर ८८ रूपैयाँ २४ पैसा रहेको छ ।

त्यस्तै जापानी येन १० को खरिददर ९ रूपैयाँ १८ पैसा र बिक्रीदर ९ रूपैयाँ २२ पैसा रहेको छ । चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ६९ पैसा र बिक्रीदर १८ रूपैयाँ ७७ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९३ पैसा रहेको छ । त्यसैगरी युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ४३८ रूपैयाँ १९ पैसा रहेको छ भने बिक्रीदर ४४० रूपैयाँ १५ पैसा रहेको छ ।

प्रतिक्रिया