प्रदेश-२ मा माओवादीद्वारा एमाले प्रवेश गरेका चार सांसद बर्खास्त

राम्रो अनलाइन     ३० चैत २०७७, सोमबार
प्रदेश-२ मा माओवादीद्वारा एमाले प्रवेश गरेका चार सांसद बर्खास्त

जनकपुरधाम । प्रदेश २ मा माओवादीले पार्टी परित्याग गरि एमालेमा प्रवेश गर्ने ४ सांसदलाई बर्खास्त गरेको छ । माओवादी प्रदेश २ संसदीय दलले उनीहरुलाई बर्खास्त गर्ने सिफारिस गरेको थियो ।

आज बसेको संसदीय दलले बर्खास्त गर्न गरेको सिफारिस बमोजिम प्रदेश सभा बैठकमा सभामुख सरोजकुमार यादवले सोमबारको बैठकमा माओवादी केन्द्र परित्याग गरेका रामचन्द्र मण्डल,ज्वालाकुमारी साह,कुन्दन कुशवाहा र मोहमद समिरको नाम बाचन गरेका हुन् । पार्टीको पत्र सभामुखले प्रदेश सभामा पढेर सुनाएपछि उनीहरुको प्रदेश सांसद पद गएको हो ।

पार्टीले सोधेको स्पष्टीकरण नदिएको र पार्टीमा समेत नफर्किएको कारणले दल परिवर्तन सम्बन्धी ऐन अनुसार कारबाहीको लागि माओवादी केन्द्रले पठाएको पत्र पढेर सुनाएका थिए । 

उनीहरुले पार्टी परित्याग गरि अर्को दलको राजनीतिक दलको गतिविधिमा लागेको भन्दै अध्यक्ष पुष्पकमल दाहालले चैत १ र २ गते बसेको बैठकबाट स्पष्टीकरण सोध्ने नदिए बर्खास्त गर्ने निर्णय गरेका थिए ।  सोही निर्णय बमोजिम संसदीय समितिले प्रदेश सभालाई सिफारिस गरेको थियो ।

प्रदेश सभाले शर्खास्त भएका चारै जनाको विषयमा निर्वाचन आयोगमा जानकारी गराउने छ । बर्खास्त भएका चार जना मध्ये एक जना मोहमम्द समिर समानुपातिकबाट प्रदेश सभा सदस्य निर्वाचित भएका छन् । अन्य तिन जना भने प्रत्यक्षबाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।

 रिक्त प्रदेश सभा सदस्य जुन प्रक्रियाबाट आएका हुन् सोही प्रक्रियाबाट पुनः अर्को सदस्यलाई ल्याउने प्रावधान रहेको प्रदेश सभा सचिवालयका रंजित यादवले बताए । 

प्रतिक्रिया