इरानलाई पराजित गर्दै नेपाल फाइनल प्रवेश 

राम्रो अनलाइन     २२ साउन २०८१, मङ्गलबार
इरानलाई पराजित गर्दै नेपाल फाइनल प्रवेश 


काठमाडौँ– इरानविरुद्ध ३–० को सोझो सेटमा जित निकाल्दै नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिगको फाइनल प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा मङ्गलवार नेपालले खेल २५–२१, २८–२६, २५–२० ले आफ्नो पक्षमा पर्‍यो ।

नेपाल दोस्रो र इरान तेस्रो स्थानमा रहँदै सेमिफाइनल प्रवेश गरेका थिए । लिग चरणको खेलमा नेपाल इरानसँग ३–२ को सेटमा पराजित भएको थियो । यसैगरी नेपालले लिग चरणमा श्रीलङ्का र माल्दिभ्सलाई समान ३–० र भारतलाई ३–२ को सेटमा पराजित गरेको थियो ।

प्रतिक्रिया