राष्ट्रिय सुरक्षा सल्लाहकार वैरागीले दिए राजीनामा

राम्रो अनलाइन     १६ साउन २०८१, बुधबार
राष्ट्रिय सुरक्षा सल्लाहकार वैरागीले दिए राजीनामा

 

काठमाडाैं – राष्ट्रिय सुरक्षा परिषद्का राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागीले राजीनामा दिएका छन्।

वैरागीले गत साउन ९ गते नै राजीनामा दिएका हुन्। तर उनकाे राजीनामाकाे सूचना भने बुधबार मात्र बाहिर आएकाे हाे।

२०८० जेठ ३२ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले उनलाई  राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गरेको थियो। 

वैरागीलाई कार्यकाल सकिनुभन्दा ३ महिनाअघि नै मुख्यसचिवबाट राजीनामा गराएर राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्ति गरिएकाे थियाे। 

प्रतिक्रिया