धनुषा– महोत्तरीको बेलगाछी पुलमा बाढीले क्षति पुर्याउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । बर्दिबास भन्दा पश्चिम टुटेश्वर नजिक रहेको ढुंग्रेखोलामा आएको बाढीले बेलगाछी पुलमा पुर्याएको हो ।
मंगलबार राती आएको बाढीले पुलभन्दा पश्चिमको भाग बगाएर क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरीक्षक नकुल पोखरेलले बताए ।
पुल क्षतिग्रस्त भएपछि राजमार्गमा अलपत्र परेका सवारी साधनलाई वैकल्पिक सडक प्रयोग गरी आवतजावत भइरहेको प्रहरी उपरीक्षक पोखरेलले बताए ।
पुलमुनि बालुवा जमेर सतहमाथि आउँदा बाढीले ७ फिट राजमार्ग बगाएको उनले बताए । क्षतिग्रस्त राजमार्ग साँझसम्म मर्मत गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको प्रहरी उपरीक्षक पोखरेलले बताए ।