बढ्यो झारनाशक विषादीको प्रयोग

राम्रो अनलाइन     १४ साउन २०८१, सोमबार
बढ्यो झारनाशक विषादीको प्रयोग

 

काठमाडौं – सिन्धुली जिल्लाका किसानहरू झारनाशक विषादीप्रति आकर्षित भएका छन् ।

झारनाशक विषादीको प्रयोगले श्रमशक्ति र खर्च दुवैको बचत हुने भएपछि किसान त्यसप्रति आकर्षित भएका छन् । जिल्लामा धान खेतभित्र अनावश्यक रूपमा उम्रने झारले उत्पादनमा असर पारेकाले विषादीको प्रयोग बढाएको किसानको भनाइ छ ।

कमलामाई नगरपालिका–१० निवासी किसान भीममणि बरालले यो वर्ष रोपाइँ गर्दा आफूले १५ कट्ठा जमिनमा झारनाशक विषादी प्रयोग गरेको बताए। उनले भने, ‘एकातिर धान गाड्ने बेला जनशक्तिको अभाव, अर्कोतिर खर्चको पनि बचत । त्यसैले मैले त एक हजार रुपियाँ बराबरको झारनाशक विषादी ल्याएर छर्किएँ ।’ 

कृषि विकास कार्यालयका प्रमुख अरुण खनाल पनि किसानले आफ्नो सजिलोका लागि झारनाशक विषादीको प्रयोग बढाइरहेको बताउँछन्। 

प्रतिक्रिया