पाेखरामा स्कुल बस दुर्घटना हुँदा एक विद्यार्थीकाे मृत्यु

राम्रो अनलाइन     १४ साउन २०८१, सोमबार
पाेखरामा स्कुल बस दुर्घटना हुँदा एक विद्यार्थीकाे मृत्यु

 

काठमाडाैं पोखरामा स्कुल बस दुर्घटना हुँदा एक विद्यार्थीकाे मृत्यु भएकाे छ।   सोमबार बिहान साढे ८ बजेतिर पोखरा महानगरपालिका–२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल स्कुलको बस दुर्घटना हुँदा बालिकाकाे मृत्यु भएकाे हाे। 

हालसम्म उनकाे पहिचान खुल्न सकेकाे छैन।  बसमा विद्यार्थी र विद्यालयका कर्मचारी गरी २४ जना सवार रहेको घटनास्थलमा रहेका एक प्रहरी अधिकारीले जानकारी दिए।

दुर्घटनामा परेकाहरूको उद्धार गरेर अहिले विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया