क्याप्टेन शाक्यको स्वास्थ्यमा क्रमिक सुधार

राम्रो अनलाइन     १० साउन २०८१, बिहिबार
क्याप्टेन शाक्यको स्वास्थ्यमा क्रमिक सुधार

 

काठमाडाैं – सौर्य एयर जहाज दुर्घटनामा घाइते हुनुभएका क्याप्टेन मनीष शाक्यको स्वास्थ्यमा सुधार आएको छ । सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजको सघन उपचार कक्षमा उपचारत शाक्यको स्वास्थ्यमा सुधार भइरहेको अस्पतालका व्यवस्थापक नारायण दाहालले जानकारी दिए । 

उनले भने, 'शाक्यको सघन उपचार कक्षमा उपचार भइरहेको छ । अहिले उहाँ खतरामुक्त हुनुहुन्छ।' उनको टाउकोलगायत शरीरका विभिन्न भागको चोटमा बुधबार नै टाँका लगाइएको थियो । मेरुदण्डको भाँचिएका हड्डीको केही दिनपछि मात्र शल्यक्रिया गर्ने अस्पतालको योजना रहेको उनले जानकारी दिए । 

बुधबार काठमाडौँबाट पोखरातर्फ उडेको सौर्य एयरको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । पाइलट शाक्यलाई घाइते अवस्थामा उद्धार गरिएको थियो।

प्रतिक्रिया