काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओली सौर्य एयरलाइन्सको विमान दुर्घटनाको अवस्था बुझ्न विमानस्थल जाँदै छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले दुर्घटनास्थलमा नागरिक उड्ययन प्राधिकरणका सम्बन्धित अधिकारीलाई पनि बोलाएका छन्।
बुधबार बिहान करिब ११ बजे काठमाडौँबाट पोखरा उड्ने क्रममा विमानस्थलमै दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनामा १८ जनाको घटनास्थलमै मृत्यु भएको छ। पाइलट मनिस शाक्यको मात्र उद्धार गरेर काठमाडौँ मेडिकल कलेजमा उपचारका लागि लगिएको छ।