सौर्य जहाज दुर्घटना: १८ जनाको शव निकालियो (सूचीसहित)

राम्रो अनलाइन     ०९ साउन २०८१, बुधबार
सौर्य जहाज दुर्घटना: १८ जनाको शव निकालियो (सूचीसहित)

 

काठमाडाैं – सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेका १९ जनामध्ये १८ जनाको निधन भएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार १८ जनाको शव निकालिएको हो ।

बुधबार बिहान करिब ११ बजे चालकदलका सदस्य सवार जहाज दुर्घटनाग्रस्त भएको थियो। विमानमा चालक दलका सदस्यसहित १९ जना सवार रहेका थिए। जसमा १८ जनाकाे मृत्यु भएकाे हाे भने एक जनाकाे जीवितै उद्दार गरिएकाे हाे।

उद्दार गरिएका पाइलट गम्भीर घाइते भएको र उपचारका लागि उनलाई सिनामंगलस्थित काठमाडाैँ मेडिकल कलेज (केएमसी) लगिएको छ।

विमान पोखरा उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको प्रारम्भिक जानकारी आएको छ। अहिले नेपाली सेना, प्रहरी र विमानस्थलको फायर फाइटिङ टिमले उद्धारको काम गरिरहेको छ। 

प्रतिक्रिया