आगामी निर्वाचनमा काँग्रेस एमालेले माओवादीलाई साथमा लिँदैनन् :  ईश्वर पोखरेल

राम्रो अनलाइन     ०५ साउन २०८१, शनिबार
आगामी निर्वाचनमा काँग्रेस एमालेले माओवादीलाई साथमा लिँदैनन् :  ईश्वर पोखरेल


दोहा–नेकपा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा माओवादीसँग गठबन्धन नगर्ने सर्तमा कांग्रेस एमाले सरकार बनेको बताए। शुक्रबार दोहामा भएको प्रवासी मञ्चको सातौँ अधिवेशनलाई सम्बोधन गर्दै पोखरेलले त्यस्तो खुलासा गरेका हुन् । प्रचण्डकै कारण बाम सरकार ढलेको उनले बताए।

पोखरेलले कतारबाट भित्रिएको रेमिट्यान्सलाई कसरी व्यवस्थित गर्ने भन्ने चुनौती अहिलेको आवश्यकता रहेको बताए। उनले रेमिट्यान्सको पैसा उत्पादनमा लगाउनुपर्नेमा जोड दिए। 

राजनीतिक स्थायित्वको लागी कांग्रेस एमाले सरकार बनेको बताए । २० सिट भएकालाई प्रधानमन्त्री बन्ने अवस्था आएकाले जनताको अभिमत प्राप्त दलहरूले नयाँ सरकार गठन गरेको उनले बताए। कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य उमाशंकर अगरियाले मधेसका पार्टी विगतदेखि आफैँ पद लोलुपताले फुटेको बताए।

प्रतिक्रिया