रौतहटमा जन्ती बोकेको जीप दुर्घटना, २ जनाको मृत्यु

राम्रो अनलाइन     २८ असार २०८१, शुक्रबार
रौतहटमा जन्ती बोकेको जीप दुर्घटना, २ जनाको मृत्यु

 

रौतहट– रौतहटको गढीमाई नगरपालिका वडा नं –६ मा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । रौतहटको देवाही गोनाही नगरपालिका धरहरीबाट जन्ती बोकर सर्लाहीको चक्रघटा फर्किने क्रममा सो दुर्घटना भएको हो ।

भारतीय नम्बर एचचार ७० डी ८३८२ को स्कारपीयो जिप दुर्घटना हुँदा काठमाण्डौंका ५५ वर्षीय कुलबहादुर श्रेष्ठ र सर्लाही चक्रघटा ३ सुन्दरपुरकी ७ वर्षीया बालिका स्वेता पण्डितको ज्यान भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

आज बिहान ९ बजे गढीमाई नगरपालिका ६ को सिंगारमन धर्मपुर सडकखण्डको धनहरी गाँउमा सो जीप नहरबाट तल पानीमा झरेको थियो । जीपमा १२ जना सवार रहेका थिए ।

दुर्घटना पश्चात ३ जनालाई अस्पताल गएको र अन्य सकुशल रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया