काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय लगनखेल, ललितपुरमा कार्यरत सर्भेक्षक संजिव कुमार यादव र आर.बि. लेखापढी सेन्टरका सञ्चालक राम बाबु भुजेललाई घुस लिएको आरोपमा पक्राउ गरेको छ ।
जग्गा हालसाविक गरी पूर्जा उपलब्ध गराइदिने प्रयोजनका लागि सेवाग्राहीसँग चार लाख रुपियाँ घुस लिइसकेको अवस्थामा दुवैजनालाई पक्राउ गरिएको जानकारी प्रवक्ता नरहरि घिमिरेले बताए।महानगरपालिका वडा नं. १२ हनुमानस्थान, लगनखेलमा रहेको आर.बि. सेन्टरबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।