बेचन झा पक्राउ परेपछि एमाले बेचैन भएर परपर भाग्यो: माओवादी

राम्रो अनलाइन     २३ असार २०८१, आइतबार
बेचन झा पक्राउ परेपछि एमाले बेचैन भएर परपर भाग्यो: माओवादी

 

काठमाडाैं – नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले एमाले भ्रष्टाचारका फाइल खुल्न थालेपछि सरकार छाडेर काँग्रेससँग मिल्न गएको आरोप लगाएका छन्।

आइतबार प्रतिनिधिसभा बैठककाे विशेष समयमा बोल्दै सापकोटाले भने, ‘प्रधानमन्त्रीले गृहमन्त्रीले फेरि भुटानी शरणार्थीकाे फाइल खोल्न थाल्नुभयो। बेचन झा पक्राउ परे’, उनले भने, ‘सरकारले भ्रष्टाचारका फाइल यसरी खोल्न थालेपछि एमाले बेचैन भएर परपर भाग्यो।’

उनले काँग्रेस र एमाले मिल्ने सम्झौता नै अनैतिक भएको बताएका छन्। कुनै अमुक व्यक्तिको घरमा गरिएको सम्झौता सार्वजनिक नहुनुनै त्यो अपारदर्शी र अनैतिक भएको उनको भनाइ छ।

प्रतिक्रिया