एकीकृत समाजवादीको बैठक भोलि फेरि बस्ने

राम्रो अनलाइन     २२ असार २०८१, शनिबार
एकीकृत समाजवादीको बैठक भोलि फेरि बस्ने

 

काठमाडौँ–  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को आज बसेको प्रथम बैठक भोलि बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ ।

बैठकले १०औँ राष्ट्रिय महाधिवेशनको प्रारम्भिक समीक्षा गर्दै महाधिवेशनले सम्पूर्ण नेपालीको ध्यानाकर्षण गराउन सफल भएको निष्कर्ष निकालेको छ सो पार्टीले जनाएको छ । 

बैठकले महाधिवेशन भव्यताका साथ सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ । बैठकले अर्को व्यवस्था नहरुन्जेलसम्म ति जिम्मेवारीलाई निरन्तरता दिने अन्तरिम व्यवस्था गरेको प्रचार विभाग प्रभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । भोलि बस्ने बैठकले कमिटीलाई पूर्णता दिन मापदण्ड बनाएर अघि बढ्ने प्रचार विभाग प्रमुख खतिवडाले जानकारी गराए । 

प्रतिक्रिया