मुख्यमन्त्री सिंहलाई विश्वासको मत

राम्रो अनलाइन     २२ असार २०८१, शनिबार
मुख्यमन्त्री सिंहलाई विश्वासको मत

 

जनकपुर–  मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत पाउनु भएको छ । शानिबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री सिंहले पेश गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ६७ र विपक्षमा ३४ मत परेको हो ।

सभामुख रामचन्द्र मण्डलले पेश गरेकाे प्रस्तावको पक्षमा बहुमत सदस्यले मतदान गरेको भन्दै प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरे । 

प्रतिक्रिया