मधेस प्रदेश: मुख्यमन्त्रीद्वारा छ जना मन्त्री पदमुक्त

राम्रो अनलाइन     २२ असार २०८१, शनिबार
मधेस प्रदेश: मुख्यमन्त्रीद्वारा छ जना मन्त्री पदमुक्त

 

धनुषा–  मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले ६ जना मन्त्रीलाई पदमुक्त गरेका छन् । मन्त्रीहरूसँग राजीनामा माग गरिएको तर उनीहरूले राजीनामा नदिएपछि उनीहरूलाई  बर्खास्त गरिएको मुख्यमन्त्री सिंहले बताए । मुख्यमन्त्री सिंहले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) , नेपाल सङ्घीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीलाई बर्खास्त गरेका छन् ।

हालै नेकपा एमाले–नेपाली काँग्रेसबिच सत्ता साझेदारी गर्नेसम्बन्धमा लिखित सहमति भएपछि मुख्यमन्त्री सिंहले ती मन्त्रीलाई पदमुक्त गरेका हुन् । प्रदेशसभामा आज उनले विश्वासको मत लिने कार्यसूची छ ।

प्रतिक्रिया