सुदूरपश्चिम प्रदेशलाई एमालेले दिएको समर्थन फिर्ता

राम्रो अनलाइन     २१ असार २०८१, शुक्रबार
सुदूरपश्चिम प्रदेशलाई एमालेले दिएको समर्थन फिर्ता

 

अत्तरिया– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई नेकपा एमालेले दिएको समर्थन फिर्ता लिइएको छ । एमाले, सुदूरपश्चिम संसदीय दलले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन बुधवार साँझ फिर्ता लिएको हो । 

नेकपा एमालेबाट सरकारमा सहभागी तीन जना मन्त्रीले राजीनामा दिएका हुन्। नेकपा एमाले प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई दिएको समर्थन फिर्ता लिएको बताए । उनले मुख्यमन्त्रीको सचिवालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समर्थन फिर्ता लिएको पत्र दर्ता गरेको  बताए। 

सुदूरपश्चिम प्रदेश सरकार अब अल्पमतमा परेको छ  भने उता नेपाली काँग्रेस र एमाले नयाँ सरकार गठनका लागि छलफलमा जुटेका छन् । 

प्रतिक्रिया