काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्य समितिको बैठक सुरुभएको छ । बैठक केहीबेर अगाडि पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सुरु भएको हो।
बैठक महामन्त्री मुकुल ढकालले बुझाएको समीक्षा–यात्रा प्रतिवेदनमाथि छलफल गर्न बोलाइएको थियो। यद्यपि, त्यसपछि सत्ता समीकरणमा परिवर्तन भयो। बैठक यी दुई विषयमा केन्द्रित रहने बैठकअघि नेताहरुले बताएका थिए।
प्रमुख दुई दलविच नयाँ समिकरण बन्ने सहमति बनेपछि रास्वपाले सत्ता बाहिर बस्ने निर्णय गरिसकेको छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी रास्वपाले नयाँ सरकार गठन भएमा प्रतिपक्षीमा बस्ने जनाएको छ ।