एमाले अध्यक्ष ओली कांग्रेस मुख्यालयमा 

राम्रो अनलाइन     १८ असार २०८१, मङ्गलबार
एमाले अध्यक्ष ओली कांग्रेस मुख्यालयमा 


काठमाडौं– नेपाली कांग्रेसले पार्टीका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्म जयन्तीको अवसरमा गरेको ऐतिहासिक फोटो प्रदर्शनी हेर्न नेकपा एमालेका अध्‍यक्ष केपी शर्मा ओली सानेपा पुगेका छन् ।

नेपाली कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागको आयोजनामा ‘क्रान्ति देखि शान्तिसम्म’ नाम दिएर गरिएको ऐतिहासिक फोटो प्रदर्शनी अवलोकन गर्न ओली कांग्रेस पार्टी मुख्यालय सानेपा पुगेका हुन् ।

फोटो प्रदर्शनीको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गरे । फोटो प्रदर्शनीको पूर्वप्रधानमन्त्री ले अवलोकन गरिसकेका छन् ।

फोटो प्रदर्शनीमा प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईलगायत सबै पूर्वप्रधानमन्त्रीहरुले अवलोकन गरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । फोटोमा क्रान्तिदेखि शान्तिसम्मको विभिन्न कालखण्डमा गिरिजाप्रसाद कोइरालाको भुमिकालाई अटाइएको उनले बताए ।

फोटो प्रदर्शनीको अलावा क्रान्तिदेखि शान्तिसम्म विषयमा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई, नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला र नेकपा९एमाले०का नेता प्रदीपकुमार ज्ञवालीले विचार राख्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी समुन्नतिको दोस्रो जग भन्ने शिर्षकमा छलफल काठमाडौं विश्वविद्यालयका प्राध्यापक डाक्टर अच्युत वाग्ले, हरि शर्मा र मञ्चला झाले अभिव्यक्ति राख्ने जानकारी दिइएको छ ।

कार्यक्रममा ‘फोटो पत्रकारिता : जोखिम र अनुभव’ शीर्षकमा फोटो पत्रकार गोपाल चित्रकार, मीनरत्न बज्राचार्य, विकास रौनियार, चन्द्रशेखर कार्की, प्रकाश माथेमा, विकास कार्की लगायतका फोटोपत्रकारहरुले पनि बोल्ने कार्यक्रम रहेको प्रमुख विश्वकर्माले जानकारी दिए ।

प्रतिक्रिया