खुट्टाले लेख्ने ऋषिरामले एसईईमा ल्याए ३.३७ जीपीए

राम्रो अनलाइन     १८ असार २०८१, मङ्गलबार
खुट्टाले लेख्ने ऋषिरामले एसईईमा ल्याए ३.३७ जीपीए

 

गुल्मी–  खुट्टाले लेखेर माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका गुल्मीको छत्रकोट गाउँपालिका–४ का ऋषिराम कँडेलले ३.३७ जीपीए ल्याएर उतीर्ण गरेका छन् । जन्मदै अपांगता भएका ऋषिरामका दाहिने खुट्टाको दुई औंलाबाहेक अरू हातखुट्टा चल्दैनन् ।

ऋषिराम ‘क’ वर्गका फरक शारीरिक क्षमता भएका व्यक्ति हुन् । उनले दैनिक कामकाजका लागि अरुको सहारा लिनुपर्छ ।मात्र एक खुट्टाका दुई औँलाले लेखेरै उनी एसईई उत्तीर्ण भएका हुन् । श्रृङ्गा जनता माविमा अध्ययनरत कँडेलले रुरुक्षेत्र गाउँपालिकाको जनबोध मावि परीक्षा केन्द्रबाट एईई दिएका थिए ।

खुट्टाका दुई औंलाको माध्यमबाट उनले लेख्ने र मोबाइल तथा ल्यापटप चलाउँछन् । एसईई उतीर्ण गरेपछि उनलाई विद्यालयले सम्मान समेत गरेको छ ।

सम्मान कार्यक्रममा कँडेलले यो सम्मानले पढाइलाई निरन्तरता दिन प्रेरणा दिने बताए । छत्रकोट गाउँपालिकाले उनलाई जिल्लामै बसेर पढेमा छात्रवृत्ति दिने बताएको छ । माध्यमिक शिक्षा परीक्षा ९एसइई० मा गुल्मीबाट ४ हजार ७१ जना सहभागी भएकोमा १ हजार ४०३ जना उतीर्ण भएका छन् ।

प्रतिक्रिया