पार्टी अध्यक्ष रञ्जितालाई दलको नेताबाट हटाइयो

राम्रो अनलाइन     १७ असार २०८१, सोमबार
पार्टी अध्यक्ष रञ्जितालाई दलको नेताबाट हटाइयो

 

टीकापुर– नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि सभाको संसदीय दलको नेताबाट पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई हटाएको छ । 

पार्टी संसदीय दलको सचिवालयको बैठकले दलको नेता र प्रमुख सचेतक फेरेको छ ।  आइतबार बसेको बैठकले दलको नेतामा गङ्गाराम चौधरी र प्रमुख सचेतकमा लालवीर चौधरीलाई चयन गरेको छ । योसँगै यस अघि सचेतक रहनु भएका अरुणकुमार चौधरीलाई पनि हटाइएको छ ।

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेसमलाल चौधरीबिच पार्टी सञ्चालनका विषयमा मतभेद छ । सुदूरपश्चिम प्रदेशमा अध्यक्ष पक्षका दुई जना मन्त्री छन् भने संरक्षक पक्षका पाँच जना विपक्षी बेन्चमा छन् ।

प्रतिक्रिया