बढ्याे सुनको मूल्य

राम्रो अनलाइन     १६ असार २०८१, आइतबार
बढ्याे सुनको मूल्य

 

काठमाडाैं–  आज नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ।

आइतबार सुनको मुल्य तोलामा २ सयले बढेर तोलाको १ लाख ४२ हजार रूपैयाँमा कारोबार भएको छ। यसअघि शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ४१ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ३ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदीको मूल्य भने आज स्थिर रहेको छ। चाँदी प्रतितोला १७९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया