प्रधानमन्त्रीले मेसिनबाट रोपे धान

राम्रो अनलाइन     १५ असार २०८१, शनिबार
प्रधानमन्त्रीले मेसिनबाट रोपे धान

 

चितवन – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनमा मेसिनबाट धान रोपेका छन्। प्रधानमन्त्री प्रचण्डले चितवनको रत्ननगरमा आयोजित २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव- २०८१ का अवसरमा सौराहास्थित बच्छौलीमा पुगेर बहुउद्देश्य कृषक समूहको खेतमा मेसिनको प्रयोग गरी धान रोपेका हुन्।

उनीसँगै कृषिमन्त्री ज्वालाकुमारी शाह, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, सांसद हरि ढकाललगायतको उपस्थित रहेको थियो।

उनीसँगै कृषिमन्त्री ज्वाला कुमारी साह बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, सांसद हरि ढकाललगायत सांसदहरु चितवनमा धान दिवस मनाउन पुगेका छन् । धान रोप्नकै लागि मात्रै होइन, उत्पादनमै जोड दिने गरी यो दिवस मनाउन लागेको कृषिमन्त्री साहले बताइन् ।

उनले भनिन्,‘सौराहाको बच्छौलीमा धान दिवस मनाउँदैछौ‌ं। प्रधानमन्त्री दाहालको उपस्थितिमा औपचारिक कार्यक्रम हुनेछ तर हामीहरु चाहीँ एक हेक्टर खेतमा धान पूरै रोपेर मात्रै फर्किनेछौँ । यसपटक विगतमा भन्दा अलि फरक ढङ्गले धान दिवस मनाउँदैछौँ ।’

प्रतिक्रिया