काठमाडौँ–नेपाली चलचित्रको श्रीवृद्वि तथा अन्तर्राष्ट्रिय बजार विस्तारहेतु लण्डनमा यति इन्टरनेसनल नेपाली फिल्म अवार्ड (इन्फा २०२४) आयोजना हुने भएको छ । शुक्रबार राजधानी आयोजित पत्रकार सम्मेलनको आयोजना गरि यति नेपाली एसोसिएसन, युकेको आयोजक र सगिक्षा फिल्म ईन्टरनेट प्रालिको व्यवस्थापनमा भदौ १५ गते (अगष्ट ३१, २०२४) मा भव्य कार्यक्रमका साथ लण्डन शहरमा अवार्ड प्रदान गरिने भएको हो । वर्ष २०२३ अप्रिल १४ देखि २०२४ जुन २१ सम्म प्रदर्शनमा आएका चलचित्रहरूलाई आधार मानेर उत्कृष्ट ३ छनोट गरिने आयोजक संस्थाले जानकारी दिएको छ । ईन्फा अवार्ड २०२४ को जुरीमा सुनिल थापा जुरी संयोजक, गौरी मल्ल र उज्ज्वल घिमिरे सदस्य रहेका छन् ।
तत्कालीन युवराज वीरेन्द्रविर विक्रम शाहको पहलमा पशुपति सम्शेर राणा अध्यक्ष भएर १९६० मा स्थापित संस्था हो, यति नेपाली एसोसिएसन युके । जसले चलचित्रकर्मीहरूलाई प्रोत्साहित गर्ने उद्देश्यका साथ मर्यादित, प्रतिष्ठित अवार्ड गर्ने संस्थाका अध्यक्ष पिप्ला देवन थापाले प्रतिबद्धता व्यक्त गिरन् । अवार्डका लागि युके कमिटीमा अध्यक्ष देवान सहित पुर्व अध्यक्ष उमेश मोक्तान, महासचिव टंक भट्टराई, सचिव आशिष राज पन्त र पाल्देन लामा रहेका छन् भने नेपाल कमिटीमा सगिक्षा फिल्मसको तर्फबाट सुनिल क्षेष्ठ अध्यक्ष, मनोज केसी महासचिव, मोहन श्रेष्ठ सचिव, प्रशाक कुंवर कोषाध्यक्ष र मनिष कार्की संयोजकका रुपमा रहेका छन् ।
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम भव्य र सव्य हुने विश्वास चलचित्रकर्मीहरूले राखेका छन् । कृष्ण मल, नरेश पौडेल, यम बराल, मलिना जोशी लगायतका चलचित्रकर्मीहरूले कार्यक्रम सफलताको शुभकामना दिएका छन्