बैंककमा ‘मिसेस भोग नेपाल–२०२४ की विजेता पूजा पाख्रिन (तस्बिरहरू)

राम्रो अनलाइन     १३ असार २०८१, बिहिबार
बैंककमा ‘मिसेस भोग नेपाल–२०२४ की विजेता पूजा पाख्रिन (तस्बिरहरू)

‘मिसेस भोग नेपाल–२०२४’ की विजेता पूजा पाख्रिन अहिले थाइल्याण्डको बैंककामा छिन् । उनी ‘मिसेस टुरिजम क्वीन इन्टरनेशनल–२०२४’ मा प्रतिस्पर्धा गर्न बैंकक गएकी हुन् । हाउस अफ फेसनले जून १८ देखि प्रारम्भ भएको उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व गराउँदै पूजालाई बैंकक पठाएको हो । प्रतियोगिताको क्रममा विश्वका करिब दुई दर्जन देशहरूबाट आएका प्रतिस्पर्धिहरूलाई विभिन्न गतिविधि तथा प्रशिक्षणमा सहभागी गराइने छ । फोटो सेसन, यात्रा, अभ्यास, सोसलाइजेसन, सोसल सर्भिस, इम्पावरमेन्ट, पर्सनल डेप्भप्मेन्टसहितका विधामा उनीहरूलाई प्रशिक्षण दिइने छ । यसैक्रममा उनले सोसल मिडियामा आफ्ना तस्बिरहरू पोस्ट गरिरहेकी छिन् ।  

प्रतिक्रिया