टी–२० विश्वकपः दक्षिण अफ्रिकासँग नेपाल स्तब्ध  

राम्रो अनलाइन     ०१ असार २०८१, शनिबार
टी–२० विश्वकपः दक्षिण अफ्रिकासँग नेपाल स्तब्ध  


काठमाडौँ– अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी पुरुष टी–२० क्रिकेट विश्वकपमा नेपालले दक्षिण अफ्रिकाविरुद्ध पराजय भोगेको छ । समूह डी अन्तर्गत वेस्ट इन्डिजमा आज बिहान सम्पन्न खेलमा दक्षिण अफ्रिकाले नेपाललाई १ रनले पराजित गरेको हो । यस सँगै नेपालले सुपर ८ को सम्भावना समेत समाप्त भएको छ ।

आजको खेलमा १ सय १६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १४ रनमात्र बनाउन सक्यो ।  नेपालका लागि अनिल साहले २७ रन तथा आशिफ शेखले ४२ रनको योगदान गरे । कुशल भुर्तेलले १३ रन जोडे ।

दक्षिण अफ्रिकाका तबरेज सम्सीले ४ विकेट लिए । एनरिच रोर्ज र आईडन मारक्रामले १(१ विकेट हात पारे । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १५ रन बनायो ।

दक्षिण अफ्रिकाका लागि रिजा हन्डरिक्सले सर्वाधिक ४३ रन जोडे । नेपालका लागि कुशल भुर्तेलले ४ विकेट तथा दिपेन्द्र सिंह ऐरीले ३ विकेट हात पारे ।

प्रतिक्रिया