नेपाल भित्रियो मनसुन

राम्रो अनलाइन     २८ जेठ २०८१, सोमबार
नेपाल भित्रियो मनसुन

 

काठमाडाैं–  यस वर्षको मनसुन आज नेपाल भित्रिएको छ।

सरदर मितिभन्दा ३ दिन छिटो गरी यस वर्षको मनसुन नेपालमा प्रवेश गरेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ अर्थात जेठ ३१ गते भएपनि आज नै भित्रिएकाे हाे। महाशाखाका अनुसार मनसुन कोशी प्रदेशस्थित पूर्वी भू-भागमा प्रवेश गरेकाे छ।

नेपालको अन्य भू- भागहरूमा भने केही दिनमा क्रमिक रुपमा मनसुन अगाडि बढ्ने महाशाखाले जनाएकाे छ। 

प्रतिक्रिया