पुलिसको पुनरागमन जित

राम्रो अनलाइन     २० जेठ २०८१, आइतबार
पुलिसको पुनरागमन जित

काठमाडौं–  विभागीय टोली नेपाल पुलिस क्लबले आठौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा महिलातर्फ न्यु डायमन्ड स्पोर्टस क्लबविरुद्ध ३-१ को पुनरागम जित निकालेको छ ।

त्रिपेरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्( राखेप) को कभर्डहलमा आइतबार पहिलो सेट १९-२५ ले गुमाएको पुलिसले त्यसपछिका तीन सेट २५-२२, २५-२२,२९-२७ ले आफ्नो पक्षमा पार्यो ।

जितसँगै पुलिसले दुई खेलमा पाँच अंक जोडेको छ । लगातार दोस्रो पराजय ब्यहोरेको न्यु डायमन्डको एक अंक छ ।

पहिलो खेलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३-२ को सेटमा पराजित गरेको थियो । न्यु डयमन्डले नेपाल एपिएफ क्लबसँग ३-२ कै हार ब्यहोरेको थियो ।

आइतबार नै सम्पन्न महिलातर्फको पहिलो खेलमा एभरेस्ट भलिबल क्लबले कर्णाली प्रदेशलाई ३-० को सोझो सेटमा हयायो । एभरेस्टले खेल २५-१६, २५-८, २५-१० ले आफ्नो पक्षमा पार्यो । 

प्रतिक्रिया