एसपीमा बढुवाका लागि चार डीएसपीको नाम सिफारिस 

राम्रो अनलाइन     १९ जेठ २०८१, शनिबार
एसपीमा बढुवाका लागि चार डीएसपीको नाम सिफारिस 


काठमाडौं–नेपाल प्रहरीप्रधान कार्यालय नक्सालले प्रहरी उपरीक्षक (एसपी) मा चारजनालाई बढुवाका लागि सिफारिस गरेको छ । जनपद प्रहरी समूहतर्फको रिक्त चार प्रहरी उपरीक्षक पदमा प्रहरी नायव उपरीक्षकहरूलाई बढुवाका लागि सिफारिस गरिएको हो । 

प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उप–नियम (४) अनुसार बढुवा सिफारिस हुनेहरूमा प्रदीपबहादुर क्षेत्री, नारायण रंजितकार, अनन्तराम शर्मा र  एकनारायण कोइराला छन् । 

प्रतिक्रिया