बजेटको ‘डिफेन्स’ गर्न माओवादी सांसदहरूलाई प्रधानमन्त्रीको निर्देशन

राम्रो अनलाइन     १८ जेठ २०८१, शुक्रबार
बजेटको ‘डिफेन्स’ गर्न माओवादी सांसदहरूलाई प्रधानमन्त्रीको निर्देशन

 

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका सांसदहरूलाई एक ढिक्का भएर बजेटको ‘डिफेन्स’ गर्न निर्देशन दिएका छन् । 

नेकपा माओवादी केन्द्रको संसदीय दलको आज बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले पछिल्लो राजनीतिक अवस्था र संसद्मा पेश भएको बजेटबारे ब्रिफिङ गर्दै बजेटको डिफेन्स गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले बजेट सन्तुलित आएकाले यसलाई सकारात्मक रुपमा छलफलमा जाने र  नपुगेका विषय सुझाव दिएर अगाडी बढ्न आग्रह गर्नु भएको नेकपा माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू नेतृत्वको सरकार तलमाथि नहुने कुरामा ढुक्क रहन पनि सांसदहरूलाई आग्रह गर्नु भएको प्रमुख सचेतक पाण्डेले बताए ।  

प्रतिक्रिया