गाँजाको व्यावसायिक उत्पादनका लागि कानुन निर्माण गरिने

राम्रो अनलाइन     १५ जेठ २०८१, मङ्गलबार
गाँजाको व्यावसायिक उत्पादनका लागि कानुन निर्माण गरिने

काठमाडाैं– सरकारले गाँजा खेतीलाई वैधानिकता दिने लक्ष्य लिएको छ।

अर्थमन्त्री वर्षमान पुनले आज संसद्को संयुक्त वैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै गाँजाको व्यावसायिक उत्पादनका लागि आवश्यक कानुन निर्माण गरिने बताए।

‘औषधिजन्य प्रयोजनका लागि गाँजाको व्यावसायिक खेती गर्नका लागि कानुनी व्यवस्था मिलाइने छ’, उनले भने। 

प्रतिक्रिया