महिला ट्राफिकले महिनावारी भएकाे चार दिनसम्म डिट्युटी गर्न पर्दैनः गृहमन्त्री लामिछाने

राम्रो अनलाइन     १५ जेठ २०८१, मङ्गलबार
महिला ट्राफिकले महिनावारी भएकाे चार दिनसम्म डिट्युटी गर्न पर्दैनः गृहमन्त्री लामिछाने

काठमाडाैं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले महिला ट्राफिक प्रहरीले महिनावारी भएकाे चार दिनसम्म डिट्युटी गर्नु नपर्ने घाेषणा गरेका छन्।

गृहमन्त्री लामिछाने गणतन्त्र दिवसकाे शुभकामना दिँदै यस्ताे घाेषणा गरेका हुन्। महिला ट्राफिकाे ठाउँमा ट्राफिक नियम उल्लंघन गर्नेहरुले स्वयंसेवकको रुपमा सडकमा सघाउने उनकाे भनाइ छ।

‘अब देखि महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरुले स्वयम् सेवकका रुपमा उहाँहरुको साटो सडकमा सघाउनुहुनेछ’, गृहमन्त्री लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन्।

प्रतिक्रिया