गण्डकीका मुख्यमन्त्रीविरुद्धको मुद्दामा सुनुवाइ जारी

राम्रो अनलाइन     १४ जेठ २०८१, सोमबार
गण्डकीका मुख्यमन्त्रीविरुद्धको मुद्दामा सुनुवाइ जारी

 

काठमाडौँ–  सर्वोच्च अदालतमा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्ध दायर रिटमा सुनुवाइ जारी रहेको छ ।

सोमबार सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाइ भइरहेको हो ।

नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डेले मुख्यमन्त्री अधिकारीले लिनुभएको विश्वासको मतमा प्रश्न उठाउनुहुँदै सर्वोम्मा रिट दायर गरेका हुन् । 

नेता पाण्डेले विश्वासको मत लिन सभामुखको दुरुपयोग भएको र कुल ६० सदस्यीय प्रदेश सभामा ३० जनाको मतलाई बहुमत मानिएको भन्दै रिट दायर गरेकाे हाे ।

प्रतिक्रिया