फेसन फेस्टिभलमा डिजाइन प्रस्तुत गर्दै मोडलहरू (तस्बिरहरू) 

राम्रो अनलाइन     १२ जेठ २०८१, शनिबार
फेसन फेस्टिभलमा डिजाइन प्रस्तुत गर्दै मोडलहरू (तस्बिरहरू) 


ललितपुर–फेसन नेटवर्क नेपालले सानेपाको हेरिटेज प्लाजामा आयोजना गरिरहेको फेसन फेस्टिभलमा रनवे आयोजना गरिएको छ । प्रशान्त ताम्राकारद्वारा कोरियोग्राफी गरिएको शोमा केही साताअघि अडिसनबाट छनोट भएका मोडलले विभिन्न डिजाइनरद्वारा तयार पारिएका पहिरन प्रदर्शन गरेका थिए ।

शोमा नमूना कलेज अफ फेसन टेक्नोलोजी, आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियसहितका कलेजका फेसन डिजाइनिङका विद्यार्थीले तयार पारेका पहिरनहरु प्रदर्शन गरिएका थिए । फेस्टिभलमा शनिवार तथा भोलि आइतवार साँझ पनि फेसन शो आयोजना गरिँदै छ । तस्बिरः महेश प्रधानको फेसबुकपेजबाट   

प्रतिक्रिया