तोलामा १८ सयले घट्यो सुनको मूल्य

राम्रो अनलाइन     ११ जेठ २०८१, शुक्रबार
तोलामा १८ सयले घट्यो सुनको मूल्य

काठमाडाैं– स्थानीय बजारमा पहेँलो धातुको मूल्य शुक्रबार तोलामा रु. एक हजार आठ सयले ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनकाे मूल्य आज रु. एक लाख ३६ हजार नौ सय निर्धारण भएको छ। बिहीबार छापावाला सुन तोलामा रु. एक लाख ३८ हजार सात सयमा कारोबार भएको थियो।

यस्तै, तेजाबी सुन बिहीबार तोलामा रु. एक लाख ३८ हजार ५० मा कारोबार भएकामा आजका लागि भने रु. एक लाख ३६ हजार दुई सय ५० निर्धारण भएको छ।

त्यस्तै, चाँदीको मूल्य तोलामा रु. १० ले घटेको छ। बिहीबार तोलामा रु. एक हजार आठ सय ६५ मा कारोबार भएको चाँदी आजका लागि भने रु. एक हजार आठ सय ५५ निर्धारण भएको छ।

प्रतिक्रिया