संसदीय छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन कार्यदल बैठक सुरु

राम्रो अनलाइन     ११ जेठ २०८१, शुक्रबार
संसदीय छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन कार्यदल बैठक सुरु

 

काठमाडौँ– सहकारी छानबिन गर्न संसदीय छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको हो । 

यसअघि हिजो बसेको कार्यदलको बैठक निष्कर्षविहीन बनेको थियो । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम किटान गर्ने विषयमा सहमति नजुट्दा कार्यदलको बैठक निष्कर्षविहीन हुँदै आएको छ ।

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने तय भएको छ । सभाको बैठक अघि कार्यदलले सहमति जुटाउने प्रयास गर्नेछ ।  

प्रतिक्रिया