महिला सहयात्रा लघुवित्तको साधारणसभा सम्पन्न

राम्रो अनलाइन     २० चैत २०७७, शुक्रबार
महिला सहयात्रा लघुवित्तको साधारणसभा सम्पन्न

महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको आठौं वार्षिक साधारणसभा अध्याय रिट्रिट रिसोर्ट, बज्रवाराही मकवानपुरको सभाहलमा सम्पन्न भएको छ । 
साधारणसभामा संस्थाका अध्यक्ष अमृतचरण श्रेष्ठले वार्षिक  प्रतिबेदन प्रस्तुत गरेका थिए । 
१३ करोेड ३१ लाख चुक्ता पुँजी रहेको वित्तीय संस्थाले आव ०७६÷७७ को नाफा र संचित मुनाफाबाट १० प्रतिशत बोनस शेयर वितरण, आर्थिक वर्ष ०७६÷७७ को वार्षिक प्रतिवेदन र सोही अवधिसम्मको नाफा नोक्सान पारित गर्नुका साथै आव ०७७÷७८ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ । 
साधारणसभाले रिक्त २ जना सर्वसाधारण शेयरधनीतर्फबाट सञ्चालकमा  सरिता श्रेष्ठ र दीपक नरसिंह श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको छ । संस्थाले २१ जिल्लामा ३४ वटा शाखामार्फत दुर्गम र पिछडिएका समुदायलाई लघुवित्त सेवा प्रदान गर्र्दै आएको छ । 
 

प्रतिक्रिया