कान्तिपुरका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

राम्रो अनलाइन     ०८ जेठ २०८१, मङ्गलबार
कान्तिपुरका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी


काठमाडौं– कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

जिल्ला अदालत धनुषाले मंगलबार सिरोहियाको नाममा पक्राउ पुर्जी जारी गरेको प्रहरीले जनाएको छ। उनीविरुद्ध  दोहोरो नागरिकता लिएको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी  परेको थियो।

१६ वैशाख २०८१ मा प्रहरीमा परेको जाहेरीमा सिरोहिया गैरनेपाली नागरिक रहेको र नागरिकताको दुरुपयोग गरिरहेको आरोप थियो ।

आफूविरुद्ध प्रहरीमा जाहेरी परेपछि सिरोहियाले आफूमाथि धरपकड हुन सक्ने भन्दै सर्वोच्च अदालतमा प्रतिषेधको रिट दायर गरेका थिए । उक्त रिटमा सुनुवाइ गर्दै सर्वोच्चले गृह मन्त्रालयसँग सिरोहियामाथि अनुसन्धान गर्नुपर्ने कारण माग गरेको थियो ।

प्रतिक्रिया