उपेन्द्र यादवको रिट ‘हेर्न नभ्याइने’ मा, बुधबारलाई पेशी

राम्रो अनलाइन     ०७ जेठ २०८१, सोमबार
उपेन्द्र यादवको रिट ‘हेर्न नभ्याइने’ मा, बुधबारलाई पेशी


काठमाडौं– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको पार्टी फुटविरुद्धको रिट ‘हेर्न नभ्याइने’मा परेको छ । निर्वाचन आयोगको निर्णय यथावत् राखी फरक दलका रूपमा काम नगर्नरनगराउने माग गर्दै यादवले आइतबार दायर गरेको रिट सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा १२ औ नम्बरमा पेशी रहेको थियो । 

यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार विश्वासको मत लिन लागेको र त्यसमा पार्टी विभाजनमा संलग्न रहेको अशोक राईसहित ७ जनालाई सहभागी गराउन रोक्न माग गर्दै रिट दायर गरेका थिए । 

अदालतमा सुनुवाइको पालो नआउँदा मुद्दाको पेशी बुधबारका लागि सरेको छ भने प्रधानमन्त्रीले विश्वासको मत लिएका छन् । प्रधानमन्त्री प्रचण्डले १५७ मत पाउँदै विश्वासको मत लिएका छन् । उनलाई राई पक्षका ७ जनाले पनि मत दिएका छन् ।


 

प्रतिक्रिया