काठमाडाैं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चाैथाे पटक विश्वासको मत पाएका छन्।
सोमबार प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा १५७ सांसद मत परेकाे छ। विपक्षमा मत नै परेन।
१ जना भने तटस्थ बसेका छन्। मतदानमा १५८ सांसदले भाग लिएका थिए।