काठमाडाैं– सरकारले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने भएकाे छ।
मन्त्रिपरिषद्काे बिहीबार बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेस गरिएको मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको हो।
‘वर्तमान मन्त्रिपरिषद्का सदस्यहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको सम्पत्ति विवरण सार्वजनिक गर्ने,’ मन्त्रिपरिषद्का निर्णयमा भनिएको छ।