सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा

राम्रो अनलाइन     २३ वैशाख २०८१, आइतबार
सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा

काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ। लामिछानेको मुद्दा आइतबार पाटन उच्च अदातदतका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङगेलको इजलासमा पेशी तोकिएको थियो।

तर न्यायाधीश निरौला र ढुंगेलको संयुक्त इजलासमा तोकिएको पेसी ‘हेर्न नमिल्ने’ सूचीमा राखिएको हो।र यसअघि पटक पटक ‘हेर्न नभ्याइने’ मा परेको थियो। सन्दीपको मुद्दामा यसअघि झगडिया झिकाउन र गौशालाको जन्ममितिको विवरण झिकाउन आदेश दिइएको थियो।

काठमाडौँ जिल्ला अदालतले सन्दीपले जबरजस्ती करणी गरेको ठहर गर्दै आठ वर्ष कैद र तीन लाख जरिवाना तथा दुई लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको थियो। जिल्ला अदालतको फैसलाविरुद्ध सन्दीप उच्च अदालत गएका हुन्।

प्रतिक्रिया