‘कुनै ईफ, बट’को सहारा नलिई सहर्ष पराजय स्वीकार गर्न कार्यकर्तालाई रवि लामिछानेको निर्देशन 

राम्रो अनलाइन     १८ वैशाख २०८१, मङ्गलबार
‘कुनै ईफ, बट’को सहारा नलिई सहर्ष पराजय स्वीकार गर्न कार्यकर्तालाई रवि लामिछानेको निर्देशन 


काठमाडौँ–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले इलाम २ को उपनिर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्न कार्यकर्तालाई आग्रह गरेका छन् । 

उनले चुनाव जित्न नसकिए पनि सिक्न सकिएको बताए । उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘कुनै ईफ, बटको सहारा नलिई सहर्ष पराजय स्वीकार गर्दै जिम्मेवार ढङ्गले अभिव्यक्त हुन सबै सदस्यहरुमा अनुरोध छ।’

लामिछानेले इलाम २ को उपनिर्वाचनमा एमाले उम्मेदवार  सुहाङ नेम्वाङ विजयी भएकोमा हार्दिक बधाई ज्ञापन पनि गरेका छन् । ‘हामीलाई मत दिनु हुने र मत सँगै ठुलो सन्देश दिनु हुने सबै प्रति आभारी छु’, लामिछानेको भनाइ छ । यस्तै रास्वपा उम्मेदवार मिलन लिम्बु लगायत निर्वाचनमा अहोरात्र खट्ने सिङ्गो पार्टी पङ्क्तिलाई  पनि लामिछानेले धन्यवाद दिएका छन् ।

प्रतिक्रिया