काठमाडौं : सशस्त्र प्रहरी बलका २ एआइजी पुष्पराम केसी र राम शरण पौडेल चार बर्षे पदावधिका कारण आगामि बैशाख २० गते अनिवार्य अवकाश हुंदै छन् । उमेरहद , पदावधि तथा ३० बर्ष कार्यकाल पुगेपछि अनिबार्य अवकाश हुनु सशस्त्र प्रहरी बलमा नौलो कुरा होइन ।
तर हालका दुई एआइजी पदाबधिका कारण अनिवार्य अवकाश हुनै लाग्दा पदावधि थप्ने खेलमा लागेका छन् ।सशस्त्र प्रहरी नियमावलीमा एक बर्ष थप गर्न सक्ने ब्यवस्था छ तर यो सबैका हकमा लागु हुने होइन र यस अघि यो नियम सबैलार्इ लागु भएको पनि छैन ।
तर अहिले चार बर्षे कार्यकाल बिताएर फेरि एक बर्षको आशमा शक्तिकेन्द्र धाउनु लज्जास्पद भएको गृह मन्त्रालय श्रोत बताउंछ । संगठना पुराना कर्मचारी अवकाश हुंदै जाने र नयाँ कर्मचारि आउने सामान्य प्रक्रिया हो तर उहांहरु आफैं मात्र हुनु पर्छ भन्ने ढंगले लाग्नु भएको छ यो कार्य ठिक छैन , श्रोत भन्छ ।
यस अघि सशस्त्र प्रहरिमा कुनै पनि एआइजीहरुको पदावधि थपिएको छैन । सयौं अधिकृत मध्ये अपबादमा एक दुई जनाको पदाबधि थपिनु स्वभाविक हो तर त्यो अहिलेका एआइजिहरुमा लागु हुनु पर्छ भन्ने छैन , श्रोत भन्छ ।
जागिर अवधि दुई बर्ष बांकि रहादा पदावधिका कारण अनिवार्य अबकाश भएका सशस्त्र प्रहरीका एक पुर्ब वरिष्ठ अधिकृत भन्छन् , कसको पदावधि कति भन्ने निति नियम बनाउने काम तालुक कार्यालय र नेपाल सरकारको हो र त्यो आबश्यकता अनुसार हुने हो तर मेरो पदावधि थप्नै पर्छ भनेर रोइलो गर्दै हुंड्नु उचित होइन । उनि भन्छन् , हामि पनि पदाबधि थपिनु पर्छ भनेर हिंडेनौं ,त्यसैले दुई बर्ष अघिनै अबकाश भइयो , त्यसमा कुनै चित्त दुखाइ पनि छैन । हामिले छोडे नयाँ ब्यक्ति आउंछन् यो स्वाभाविक प्रक्रिया हो ।
यो कुरा जान्दा जान्दै पनि अवकाशको एक महिना अघि दुबै एआइजी संगठनको काम छोडेर ब्यक्तिगत स्वार्थको लागि शक्ति केन्द्र धाउनमै ब्यस्त रहेको र यसले गर्दा बिभागीय काम कारबाही नै प्रभावित हुन पुगेको बताइन्छ ।