कांग्रेस महामन्त्री शर्मा भन्छन् : ‘अब इलामले काँध फेर्न खोजेको छ’

राम्रो अनलाइन     ०८ वैशाख २०८१, शनिबार
कांग्रेस महामन्त्री शर्मा भन्छन् : ‘अब इलामले काँध फेर्न खोजेको छ’


काठमाडौं–नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब इलामले काँध फेर्न खोजेको बताएका छन् । निर्वाचनअघिको गठबन्धन गलत हुने बताउँदै उनले शनिबार इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस अहिले एक्लै निर्वाचनमा भाग लिइरहेको बताए ।

‘नेपाली कांग्रेस पार्टी एक्लै चुनावमा रुख चिह्न लिएर खडा छ । यो एक्लै खडा भएको बेलामा त्यो दिन बिर्सिन मिल्दैन । हाम्रो अनुभवले के भन्यो भन्दा चुनावअघिको गठबन्धन गलत हुँदो रहेछ’, उनले भने । लामो समयसम्म यो क्षेत्रबाट एमालेका सुवासचन्द्र नेम्वाङ निर्वाचित भएकामा अब कांग्रेसका उम्मेदवार विजयी हुने दाबी उनले गरे।

प्रतिक्रिया