वीर गणेशमान सिंह टी–२० राष्ट्रिय क्रिकेट : मधेश प्रदेशको लगातार दोस्रो जित

राम्रो अनलाइन     ०५ वैशाख २०८१, बुधबार
वीर गणेशमान सिंह टी–२० राष्ट्रिय क्रिकेट : मधेश प्रदेशको लगातार दोस्रो जित

 

काठमाडाैं – वीर गणेशमान सिंह टी–२० राष्ट्रिय क्रिकेट च्याम्पियनसिपको दोस्रो दिन बिहीबार खेलिएको खेलमा मधेश प्रदेशले लुम्बिनी प्रदेशलाई २७ रनले हराएको छ। जारी प्रतियोगितामा मधेश प्रदेशको यो दोस्रो जित हो। यसअघि मंगलबार खेलिएको आफ्नो पहिलो खेलमा मधेश प्रदेशले बागमती प्रदेशलाई ६ विकेटले पराजित गरेको थियो।

लुम्बिनी प्रदेशको भने यो पहिलो हार हो । यसअघि मंगलबार खेलिएको आफ्नो पहिलो खेलमा लुम्बिनीले गण्डकी प्रदेशलाई सात विकेटले हराएको थियो। वीर गणेशमान सिंह स्पोर्टस कमिटीद्वारा आयोजित प्रतियोगिताको बुधबारको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको मधेश प्रदेशले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ७४ रन बनाएको थियो। 

प्रतिक्रिया