राष्ट्रियसभाको उपाध्यक्षमा बिमला घिमिरे विजयी

राम्रो अनलाइन     २८ चैत २०८०, बुधबार
राष्ट्रियसभाको उपाध्यक्षमा बिमला घिमिरे विजयी

काठमाडौं– राष्ट्रियसभाको उपाध्यक्षमा एमालेबाट उम्मेदवार बनेकी बिमला घिमिरे विजयी बनेकी छन्। बुधबार राष्ट्रियसभामा भएको मतदानमा उनले ३९ मत पाएर विजयी भएकी हुन्। उनलाई उपाध्याक्ष बनाउने प्रस्तावको पक्षमा ३९ मत परेको थियो। भने, विपक्षमा १६ मत परेको थियो। यस प्रस्तावको मतदान प्रक्रियामा ५५ सांसदले भाग लिएका थिए।

यसअघि काँग्रेसबाट उम्मेदवार बनेकी विष्णुदेवी पुडासैनीलाई उपाध्यक्ष बनाउने प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो। मतदानमा पुडासैनीलाई उपाध्यक्ष बनाउने प्रस्तावको पक्षमा १६ मत परेको थियो। भने, विपक्षमा ३९ मत परेको थियो। यस प्रस्तावको मतदान प्रक्रियामा ५५ सांसदले भाग लिएका थिए।

प्रतिक्रिया