काठमाडौं– राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनका लागि विमला घिमिरे र विष्णुदेवी पुडासैनीले उम्मेदवारी दर्ता गरेका छन्। मङ्गलवार संसद् भवन नयाँ बानेश्वरमा घिमिरे र पुडासैनीले उम्मेदवारी दर्ता गरेका हुन्।
घिमिरे नेकपा एमालेकी सांसद हुन् भने पुडासैनी नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दर्ता गरेकी हुन्। राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनमा यही २८ गते हुँदैछ।